गुजरातमाथि लखनउको जित

photo ipl
photo ipl

इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो।

लखनउले दिएको १६४ रनको लक्ष्य पछाएको गुजरात १८.५ ओभरमा अल आउट हुँदै १३० रनमात्र बनाएपछि खेल ३३ रनले हारेको थियो।

यसअघि लखनउले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो।

यो जितपछि लखनउको ४ खेलम ३ जित र एक हारसहित ६ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ।

त्यसैगरी गुजरातको भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2024-04-08 07:37:00

प्रतिकृया दिनुहोस्