मलामी जाँदै राप्रपा

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ केन्द्रित जनप्रदर्शनको अघिल्लो दिन आज (साेमबार) जुलुस गर्दैछ।

केहीबेरमा (साेमबार दिउँसाे) भृकुटीमण्डमा शंखध्वनि जुलुस र गणतन्त्रकाे पुत्ला दाेहन गर्ने कार्यक्रम रहेकाे प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

‘केहीबेरपछि भृकुटीमण्डपमा पुग्छाैँ र त्यहाँ पुत्ला दाेहन गरेर, गणतन्त्रकाे मलामी जाँदैछाैँ,’ उनले भने।

सनातन हिन्दु अधिराज्यको पुन: स्थापना, भ्रष्ट्राचार र कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, बेरोजगारी र बेथितिको जगमा वर्तमान भ्रष्ट व्यवस्थाको विरुद्धमा राप्रपा भाेलिदेखि जनप्रदर्शन गर्दैछ।

अपडेटेट न्युज

प्रकाशित मिति: : 2024-04-08 14:55:00

प्रतिकृया दिनुहोस्