पञ्जावविरुद्ध हैदरावाद २ रनले विजयी

ipl
ipl

इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा सनराइजर्सले पञ्जावलाई रोमाञ्चक २ रनले पराजित गरेको हो।

सनराइजर्सले दिएको १८३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाएपछि खेल २ रनले हारेको थियो।

यसअघि पहिला ब्याटिङ गर्दै सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।

यो जितपछि सनराइजर्सको ५ खेलमा ३ जित र २ हारसहित ६ अंक भएको छ। भने, पञ्जावले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ।

प्रकाशित मिति: : 2024-04-10 07:16:00

प्रतिकृया दिनुहोस्