सलमान खानकाे अपार्टमेन्टमा गाेली चलेपछि...

बलिउडका सुपरस्टार सलमान खान सधैं चर्चामा रहन्छन्। तर यसैबीच सुपरस्टारसँग जोडिएको एउटा अचम्मको खबर बाहिर आएको छ।

आइतबार सलमान खानको घर बाहिर फायरिङ भएको छ। ग्यालेक्सी अपार्टमेन्ट बाहिर दुई अज्ञात व्यक्तिले गोली चलाएको अनुमान गरिएको छ। त्यसपछि पुलिस सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर घटनास्थल पुग्यो।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। घटनास्थलमा मुम्बई प्रहरीसँगै अपराध शाखा पनि पुगेको छ।

प्राप्त जानकारी अनुसार अज्ञात व्यक्तिहरू मोटरसाइकलमा आएका थिए। उनीहरूले सलमानको घरबाहिर ६ राउण्ड फायर गरेका थिए। 

यति मात्र होइन, यो गोलीबारी हुँदा सलमान खान घरमा नै थिए भन्ने विश्वास गरिएको छ।

प्रायः सलमान खानको घरबाहिर प्रहरीको भ्यान हुन्छ। तर अहिले गोलीबारीपछि दुईवटा प्रहरी भ्यान घटनास्थल पुगेको छ।

मुम्बई क्राइम ब्रान्चसँगै बान्द्रा प्रहरीको टोली पनि घटनास्थल पुगेको छ। साथै घटनास्थलमा फरेन्सिक टोली पनि बोलाइएको छ।

यस विषयमा अनुसन्धान गर्दा प्रहरीले ग्यालेक्सी अपार्टमेन्टबाहिर सडकको दुबै छेउमा राखिएका सिसिटिभी क्यामेरालाई नियन्त्रणमा लिएको छ।

हालसम्म अपरिचित व्यक्तिको सम्बन्धमा कुनै जानकारी भेटिएको छैन। हावामा गरेकाे फायरिङ ग्यालेक्सी अपार्टमेन्टको पहिलो तल्लामा लागेको थियो।

साे घटनापछि ग्यालेक्सी अपार्टमेन्टको सुरक्षा बढाइएको छ। यद्यपि सलमान खानलाई पहिले नै सुरक्षा दिइएको छ। उनीसँगै सधैं दुईजना प्रहरी छन्। त्यसका साथै उनकाे आफ्नै व्यक्तिगत सेक्युरिटी पनि छ।

अहिले घटनाबारे अनुसन्धान भइरहेकाे छ।

प्रकाशित मिति: : 2024-04-14 20:51:00

प्रतिकृया दिनुहोस्