मधेस प्रदेशसभामा जनमत पार्टीकाे अवरोध, बैठक स्थगित

मधेस प्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकमा जनमत पार्टीका सांसदहरुले बैठक अवरोध गरेपछि बैठक स्थगित भएको छ।

जनमत पार्टीले आफ्ना तत्कालिन मन्त्रीमाथि भएको आक्रमणको छानबिन समिति बनाउने सहमति भएपनि अहिलेसम्म नबनाएको भन्दै विरोध सुरु गरेको थियो।

जनमत पार्टीले कार्यव्यवस्था समितिको बैठक नबसी संसद संचालन गरेको भन्दै विरोध गरेका थिए।

प्रकाशित मिति: : 2024-04-16 14:22:00

प्रतिकृया दिनुहोस्