आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंह

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१५ वडा एकाइले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन जरुरी भएको बताए।


‘कांग्रेसले विभिन्न समयमा मुलुकमा भएका राजनीतिक आन्दोलनको नेतृत्व गरेको छ, अब राजनीतिक र आर्थिक विकासको नेतृत्व कांग्रेसले गर्नुपर्छ’, उनले भने।

प्रकाशित मिति: : 2024-04-17 21:12:00

प्रतिकृया दिनुहोस्