रणबीर कपूरसँग विवाह गर्ने आलिया भट्टको ‘बाल्यकाल’को सपना

तस्बिर–सामाजिक सञ्जाल
तस्बिर–सामाजिक सञ्जाल

बाल्यकालदेखि नै आलिया भट्टले अभिनेत्री बन्ने सपना देखेकी थिइन्। त्यसका साथै उनकाे अर्काे सपना पनि थियाे। 

अभिनेता रणबीर कपूरसँग विवाह गर्ने। रणबीर आलियाकाे सानैदेखि क्रस थिए। जुन कुरा अभिनेत्री स्वंयले बताएकी थिइन्। 

आलिया भट्टले ११ वर्षको उमेरमा रणबीर कपूरलाई भेटेकी थिइन्। त्यतिबेला आलिया सञ्जय लीला भन्सालीको फिल्म 'ब्ल्याक'को अडिसनमा गएकी थिइन्। जसलाई रणबीरले सहयोग गरेका थिए। 

त्यही दिनदेखि आलियाले रणबीरलाई मनपराउन थालिसकेकी थिइन्। त्याे समयमा रणबीर र कटरीना कैफ एकअर्काेलाई डेट गरिरहेका थिए। तर उनीहरूकाे प्रेम सम्बन्ध पनि धेरै समय टिक्न सकेन। र, बेक्रअप भयाे। 

धेरै जनाले आलिया र रणबीरकाे प्रेम कथा फिल्म ‘ब्रह्मास्त्र’ बाट सुरु भएकाे साेच्छन्। 

तर उनीहरूकाे प्रेम चर्चाबारे सन् २०१८ मा बलिउड अभिनेत्री सोनम कपुरको विवाहदेखि भएकाे थियाे। जहाँ उनीहरू एकसाथ देखिएका थिए। 

आलिया भट्टले ‘कफी विथ करण सिजन ७’ मा आफ्नो प्रेमकथाको खुलासा गरेकी थिइन्। उनकाे अनुसार रणबीरसँग उनकाे आकाशमा प्रेम चलिरहेकाे थियाे। 

‘ब्रह्मास्त्र’ काे वर्कशपमा सहभागी हुन उनीहरू फ्लाटबाट जाँदै थिए। उनकाे छेउमै बसेका थिए रणबीर। तर अचानक उनकाे सीपमा खराबी आयाे। र, रणबीर अन्त्यै सीटमा बसे। 

आफूसँगै बसेका रणबीर अर्काे सीटमा बस्दा आलिया निराश थिइन्, उनी साेचिरहेकी थिइन्, ‘मेराे सपना किन टुट्दैछ?’ तर केही समयपछि रणबीरकाे सीप बन्याे र, उनी फेरि आलियाकाे नजिकै बसे। 

फिल्ममा सँगै अभिनय गर्दा बढेकाे नजिकिकाे कारण नै उनीहरूकाे प्रेम कहानी सुरू भएकाे थियाे।  

आलियाका अनुसार रणबीर कपूरले उनलाई 'मसाई मारा'मा प्रपोज गरेका थिए। जुनबेला उनी निकै खुसी भएकी थिइन्। चार वर्ष प्रेम सम्बन्धमा थिए, आलिया–रणबीर। 

त्यसपछि परिवारकाे सहमतिमा उनी वैवाहिक बन्धनमा बाँधिए। अहिले उनीहरूकाे एक छाेरी छन्। जसकाे नाम उनीहरूले ‘राहा’ राखिदिएका छन्।

प्रकाशित मिति: : 2024-04-28 17:45:00

प्रतिकृया दिनुहोस्