राजस्थान राेयल्सकाे लगातार चाैथाे हार, पञ्जाब ५ विकेटले विजयी

ipl
ipl

इन्डियन प्रिमियर लिक (आइपिएल)मा राजस्थान राेयल्स पञ्जाब किङ्ससँग पराजित भएकाे छ।

गएराति भएकाे खेलमा राजस्थान पञ्जाबसँग ५ विकेटले पराजित भएकाे हाे। याे राजस्थानकाे लगातार चाैथाे हार हाे।

राजस्थानले दिएकाे १ सय ४५ रनकाे लक्ष्य पञ्जाबले १८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे गर्याे।

पञ्जाबकाे जितमा कप्तान साम करनले अर्धशतकीय इनिङ खेलेका थिए। उनले ४१ बलमा ६३ रन प्रहार गरे।

राजस्थानका युजबेन्द्र चाहल र अभेष खानले २-२ विकेट लिए।

पहिले ब्याटिङ गरेकाे राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएकाे थियाे।

राजस्थानका रिहान परागले ४८, रविचन्द्र आस्विनले २८ तथा कप्तान सन्जु सामसनले १८ रन प्रहार गरेका थिए।

राजस्थान यसअघि नै प्लेअपमा प्रवेश गरेकाे छ। १३ खेलमा ८ जित र ५ खेल हारेकाे राजस्थान १६ अंकसहित दाेस्राे स्थानमा रहेकाे छ।

भने, प्लेअप दाैडबाट बाहिरिएकाे पञ्जाब १० अंकसहित नवाैँ स्थानमा रहेकाे छ।

प्रकाशित मिति: : 2024-05-16 05:53:00

प्रतिकृया दिनुहोस्