के बिग्रिदैछ बुबा–छोरीकाे सम्बन्ध?

Saif Ali Khan and Sara Ali Khan.
Saif Ali Khan and Sara Ali Khan.

बलिउडका अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी हुन्, चर्चित अभिनेत्री सारा अली खान। 

भलै, अहिले उनीहरू एकअर्काेसँग छुट्टिएर बसेका छन् तर सारा बुबाआमासँगै नजिक छिन्। तर अहिले बुबा–छाेरीबीच दरार आएकाे खबर बाहिरिरहेकाे छ। 

सारा अली खानले आफ्नो बुबाकाे फोटो डिलिट गरेकी छिन्। 

फादर्स डेको अवसरमा सामाजिक सञ्जालमा राखेकाे फाेटाे उनले डिलिट गरेकी हुन्। उनले तस्बिरमा फादर्स डेको शुभकामना दिएकी थिइन्।

उनले बुबाकाे तस्बिर हटाएपछि सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूले टिप्पणी गरिरहेका छन्। 

तर यता भने सैफ आफ्नी पत्नी करीना कपूर र छोरा जेह र तैमुरसँग युके घुम्न गएका छन्। 
 

प्रकाशित मिति: : 2024-06-17 17:00:00

प्रतिकृया दिनुहोस्