आइसिसी टी– २० विश्वकपमा अस्ट्रेलियामाथि अफगानस्तानले एतिहासिक जित हासिल गरेको छ। आइतबार बिहान अफगानिस्तानले अस्ट्रेलियामाथि २१को जित हासिल गरेको हो।
अफगानस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो।
अफगानस्तनले अस्ट्रेलियालाई पहिलाेपटक हराएकाे हाे।
अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन। उनले ४१ बलमा ५९ रन प्रहार गरेका थिए।
त्यस्तै मिचेल मार्श १२ र मार्कस स्टाेनिस ११ बनाएर आउट भए। अन्य खेलाडीले दाेहाेराे अंक बटुल्न सकेनन्।
अफगानस्तनको जितमा गुलाबदीन नाईबले ४ र नवीन उल–हकले ३ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेकाे अफगानस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो।
त्यसक्रममा रहमुल्लाह गुर्बाज र इब्राहिम जाडरनले अर्धशतक प्रहार गरेका थिए। गुर्बाजले ३९ बलमा ६० र इब्राहिमले ४८ बलमा ५१ रन प्रहार गरे।
अस्ट्रेलियाका प्याट कमिन्सले ३ र एडम जाम्पले २ विकेट लिए।
याे जितसँगै अफगानस्तानकाे सेमिफाइनल पुग्ने सम्भावना बलियाे बनेकाे छ। भने, अस्ट्रेलियाकाे कठिन बनाएकाे छ।
अब अस्ट्रेलियाले सेमिफाइनल यात्रा निश्चित गर्नका लागि भारतलाई पराजित गर्नु पर्नेछ। भने, अफगानस्ताले सेमिफाइनल यात्रा निश्चित गर्नका लागि बंगलादेशलाई पराजित गर्नु पर्नेछ।
भने, अस्ट्रेलिया र अफगानस्तान दुवै टाेली पराजित भएमा रनरेटका आधारमा सेमिफाइनल पुग्ने टाेलीकाे टुङ्गाे लाग्नेछ।