१ सयौँ मिनेटमा गोल खाँदै बाहिरियो स्कटल्यान्ड

इन्जुरी समयमा गोल खाँदै स्कटल्यान्ड युरो २०२४ बाट बाहिरिएको छ। सोमबार बिहान भएको खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हराएको हो।

केभिन क्सोबोथले इन्जुरी समयको १ सयौँ मिनेटमा निर्णायक गोल गरे। बराबरी खेले पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको अवस्थामा स्कटल्यान्डलाई काउन्टर अट्याकमा हंगेरीले स्तब्ध बनायो।

जितपछि हंगेरी समूह ए को तेस्रो स्थानमा रहन सफल भयो। योसँगै टोली उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम रहेको छ।

प्रकाशित मिति: : 2024-06-24 06:02:00

प्रतिकृया दिनुहोस्