सत्ता समीकरण परिवर्तन हुने बाहिर हल्ला भएका कुरा असत्य भएको सरकारले बताएको छ।
सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्रीले क्याबिनेटमा ब्रिफिङ गरेको बताउँदै सत्ता समीकरण परिवर्तन नहुने बताएकी छन्।
उनले राष्ट्रिय सहमतिको सरकारको कुरा समेत नभएको दाबी गर्दै मिडियामा आएका कुराहरु गलत भएको दाबी गरेकी छन्।
उनले सत्ता समीकरण दीर्घकालसम्म जाने बताउँदै उनले मिडियामा आएको र यथार्थ फरक रहेको बताएकी छन्।