गाजापट्टीका अस्पतालहरूमै इजरायको लगातार आक्रमण, २४ घण्टामै मारिए ८० जना

Break n Links
Break n Links

इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा ८० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ। मृतकमध्ये २२ बालबालिका र १५ महिला परेका छन्। नजिकैको अल–अव्दा अस्पतालले थप नौजनाको शव प्राप्त गरेको छ। जसमध्ये ७ बालबालिका छन्।

इजरायली सेनाले भने उत्तरी गाजामा हमास र प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुहरूलाई आक्रमण गरेको दाबी गरेको छ। इजरायलतर्फ रकेट हमला भएपछि मंगलबारदेखि जबालिया र छिमेकी क्षेत्रका बासिन्दालाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो।

यसैबीच, संयुक्त राष्ट्रसंघका मानवीय सहयोग प्रमुख टोम फ्लेचरले गाजामा भइरहेको नरसंहार रोक्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूलाई तत्काल कदम चाल्न आह्वान गरेका छन्।

प्रकाशित मिति: : 2025-05-15 09:17:00

प्रतिकृया दिनुहोस्