नेदरल्याण्डस युरोकपको क्वाटरफाइनलमा

photo: Agency
photo: Agency

नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

नेदरल्याण्डसको जितमा डोनयल मालेनले २ गोल गरेका थिए। भने, कोडी गाक्पोले एक गोल गरेका थिए।

योसँगै नेदरल्याण्डस क्वाटरफाइनलमा टर्कीसँग खेल्ने भएको छ। र, यो खेल जुलाई ६ मा हुनेछ।

त्यसैगरी यो हारसँगै रोमानियाको युरोकप यात्रा सकिएको छ।

प्रकाशित मिति: : 2024-07-03 07:02:00

प्रतिकृया दिनुहोस्