अवैध लागुऔषध कोकिन एक किलो २४७ ग्रामसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा तानजेनियन नागरिक ५२ वर्षका रमाधानी सिम्बा न्वाबुम्बा र ५६ वर्षका ट्यालिब किपेभु पशुया रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१६ स्थित होटल ग्यालेरीबाट पक्राउ गरेको हो। उनीहरूबाट जुसको बट्टाभित्र कोकिन बरामद गरेको हो।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।