अनन्त अम्बानीको बिहेमा गीत गाउँदै जस्टिन बिबर, कति लिँदैछन् पैसा?

(Photo: Instagram/Justin Bieber, Getty Images)
(Photo: Instagram/Justin Bieber, Getty Images)

संसारकै धनी व्यक्तिमध्येका एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा क्यानडाका चर्चित गायक जस्टिन बिबरले गीत गाउने भएका छन्। 

५ जुलाईमा हुने अनन्त र राधिका मर्चेन्टको संगीत समारोह जस्टिनले गीत गाउन लागेका हुन्।

समाराेहमा प्रस्तुति दिनका लागि भारत आएका जस्टिनले अम्बानी परिवारबाट महँगो पारिश्रमिक लिएका छन्। 

उनले ५० करोड भारू पारिश्रमिक लिन लागेकाे भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएकाे छ। जस्टिनसँगै बादशाह र करण औजलाले पनि सांगीतिक प्रस्तुति दिने भएका छन्। 

४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाकाे १२ जुलाईमा विवाह हुँदैछ। 

प्रकाशित मिति: : 2024-07-04 17:10:00

प्रतिकृया दिनुहोस्