पहिरोको जोखिममा परेको घरबाट उद्वार

तनहुँ जिल्लाको ब्यास नगरपालिका–१२ कमलबारीस्थित एक घर पहिरोको जोखिममा परेपछि मानिस सामान अन्यत्र सारिएको छ।

स्थानीय भुमाया अछामीको घर मुनिबाट पहिरो खसेर घरनै जोखिममा परेपछी सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण भानु तनहुँबाट गएको सुरक्षा फौजले घरका मानिस र सामान सुरक्षित स्थानमा सारेको हो।

पहिरोमा केही चौपाया पुरिएको आशंका गरिएको छ।

प्रकाशित मिति: : 2024-07-06 19:05:00

प्रतिकृया दिनुहोस्