५९ वर्षीया महिला बलात्कृत, एक युवक पक्राउ

Symbolic photo
Symbolic photo

कपिलवस्तुमा ५९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

शिवराज नगरपालिका–३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

मगरले ती महिलालाई सोही ठाउँस्थित चम्मरभुजिया जंगलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2024-07-11 13:12:00

प्रतिकृया दिनुहोस्