अल्काराज विम्बल्डन पुरुष सिङ्गलको फाइनलमा

स्पेनका कार्लोस अल्काराज जारी विम्बल्डनको पुरुष सिङ्गलको फाइनलमा पुगेका छन्।

शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा अल्काराजले रुसका डानील मेडभेडेभलाई ७-६, ६-३, ६-४, ६-४को सेटले पराजित गरेका थिए।

पहिलो सेटमा हार बेहोरेका अल्काराजले त्यसपछिका तीन सेट लगातार जितेर फाइनलमा पुगेका थिए।

२१ वर्षीय अल्कराज विम्बल्डन पुरुष सिङ्गलको डिफेन्डिङ च्याम्पियनसमेत हुन्।

प्रकाशित मिति: : 2024-07-13 07:13:00

प्रतिकृया दिनुहोस्