रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली टोली ३–० को सोझो सेटमा पराजित भएको हो। रसिया भने  २५–१७,२५–१९, २५–१५ ले विजयी भएको हो।

दोस्रो खेल सोमबार हुनेछ। साउन १७ गतेदेखि काठमाडौँमा सुरु हुने काभा नेसन्स लिगमा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन्।

प्रकाशित मिति: : 2024-07-21 19:06:00

प्रतिकृया दिनुहोस्