प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। उनी आइतबार राति नै वीर अस्पताल भर्ना भएका हुन्।
आइतबार प्रहरीले उनको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचापको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले अदालत हाजिर गराएको थियो। त्यस क्रममा अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
ज्वालाको चरित्र छ र हत्या गर्नलाई?