उत्तर प्रदेश सरकारले नेपालका सिमानामा रहेका ‘अवैध’ धार्मिक संरचनाहरूमा डोजर चलाएको छ।
एकसाताभित्र सिमाना क्षेत्रमा रहेका कम्तीमा ३५० त्यस्ता संरचनाहरू नस्ट गरिएको स्थानीय प्रशासनले जनाएको छ।
खासगरी सिमानामा रहेका मदरसा, मस्जिद, मजारा तथा ईदगाहहरू पत्ता लगाएर स्थानीय प्रशासनले कारबाही गरेको हो। मुख्यमन्त्री योगी आदित्यनाथको आदेशमा ती संरचनाहरू भत्काइएको र बाँकी त्यस्ता अवैध संरचनाहरूको पनि खोजी भइरहेको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार ती संरचनाहरू बनाउँदा कुनै पनि सरकारी निकायले अनुमति जारी गरेका थिएनन्।
नेपाली सिमाना नजिकै रहेका उत्तर प्रदेशका बहराइच, सरावस्ती, पिलिभित, बलरामपुर, सिद्धार्थनगर, महाराजगन्जलगायतका जिल्लाहरूमा त्यस्ता संरचनाहरू पाइएका छन्।