फ्लोरिडामा आएको एउटा शक्तिशाली आँधीका कारण अहिलेसम्म १६ जनाको मृत्यु भएको अमेरिकी अधिकारीहरूले पुष्टी गरेका छन्।
करिब सय वर्ष यता आएको यो सबैभन्दा ‘खराब’ आँधी हो र यसलाई ‘मिल्टन’ नाम दिइएको छ।
एउटा अपार्टमेन्टबाट करिब ४०० जनालाई तत्काल उद्धार गरिएको थियो। यो अपार्टमेन्टमा लगभग २ सयजनाको परिवार बस्दै आएका थिए। बुधबार रातितिर मिल्टन फ्लोरिडामा बज्रिएको थियो। जसका कारण सहरभरि पानी नै पानी भरिएको छ। सहरका लगभग ३० लाख घरहरू बिजुलीबिहीन छन्।
यो आँधीलाई अमेरिकी इतिहासमा सय वर्ष यताकै सबैभन्दा खराब र बिनाशकारी हुने ठानिएको थियो। दुई साताअघिमात्रै यही ठाउँमा ‘हेलेन’ नाम दिइएको आँधीले विध्वंश गरेको थियो। यो आँधीले फ्लोरिडालगायत विभिन्न ६ राज्यका कम्तीमा २२५ जनाको ज्यान लिएको थियो।
यो आँधीको बेग लगभग २७० किलोमिटर प्रतिघण्टा भएको बताइएको छ। मौसमविज्ञहरूले यसलाई पाँचौं क्याटोगरीको आँधीमा सूचीकृत गरेका छन्। पाँचौं श्रेणीको यो आँधीमा हावाको बेग १५७ माइल प्रतिघण्टाभन्दा तीब्र थियो।