बेलायतमा हरि बुढामगरले प्राप्त गरे ‘इन्सपिरेशनल अवार्ड’

Break n Links
Break n Links

कीर्तिमानी सगरमाथा आराेही एवम् पूर्वगाेर्खा सैनिक हरि बुढामगरले ‘साेल्डरिङ अन अवार्ड’अन्तर्गत इन्सपिरेशनल अवार्ड (प्ररेणा पुरस्कार) प्राप्त गरेका छन्।

बेलायती सैनिक समुदायभित्र रहेर प्रेरणादायी काम गरेका उत्कृष्ट र पराेपकारी व्यक्तिहरुलाई प्रदान गरिने इन्सपिरेशनल अवार्ड यस वर्ष हरि बुढाले प्राप्त गरेका हुन्। याे अवार्डका लागि अन्तिम ३६ जना प्रतिस्पर्धामा थिए।

अवार्ड प्राप्त गरेपछि बिएल नेपाली सेवासँग खुसी साट्दै हरि बुढाले भने, ‘पुरस्कारको हकदार छु कि छैन थाह छैन। तर, म सोल्डरिङ अन अवार्डमा प्रेरणा पुरस्कार प्राप्त गर्न पाउँदा खुसी छु।’

उनले सशस्त्र प्रहरी बल समुदाय, प्रायाेजक, मनाेनयन गर्ने व्यक्तिहरु र संसारभरिबाट भाेटिङ गर्ने सबैलाई धन्यवाद दिए। याे अवार्ड साथ सहयाेग गर्ने सबैमा समर्पित रहेकाे उनकाे भनाइ छ। ‘जो आफैँ पहाड चढ्न र आफ्नो सपनालाई जित्न चाहन्छन् याे उनीहरुका लागि पनि समर्पित छ’, उनले भने।

सन २०१०मा अफगानस्तानकाे लडाइँमा दुवै खुट्टा गुमाएका हरि बुढाले सन २०२४ मे’मा सगरमाथा आराेहरण गरेका थिए।

उनले अगामी दिनमा महादेशको सबै अग्लो हिमाल (७ समिट) आरोहण गर्ने लक्ष्य रहेकाे बताए।

कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगर ‘सोल्जरिङ अन अवार्ड २०२४’काे फाइनलमा, भाेटिङ खुला

 

तालिबानकाे एम्बुसमा परेर दुवै खुट्टा गुमाएका हरि बुढा मगरले चुमे सगरमाथाको चुचुरो

नेपाल मगर पर्यटन समाजकाे नयाँ कार्य समिति चयन, मगर संस्कृतिलाई ब्राण्डिङ गर्ने प्रतिवद्धता

युद्धमा दुबै खुट्टा गुमाएका पूर्वगोर्खा सैनिकको सगरमाथा चुचुरो चुम्ने सपना

प्रकाशित मिति: : 2024-10-17 13:45:00

प्रतिकृया दिनुहोस्