म आफैं अदालतमा उपस्थित हुन्छु: दीपक मनाङ्गे

Break n Links
Break n Links

व्यक्ति हत्या प्रयास गरेको आराेपमा ५ वर्ष जेल सजाय सुनाइएका गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफै अदालतमा उपस्थित हुने बताएका छन्। 

कार्तिक २० गते सर्वोच्च अदालतले उनलाई ५ वर्ष जेल सजाय सुनाएपछि उनी मोबाइल सुइचअफ गरेर फरार छन्। तर आज शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने जानकारी गराएका छन्। 

अदालतले फैसलाकाे पूर्ण पाठ तयार गरेकाे छैन भने अहिलेसम्म मनाङ्गे कहाँ छन् भन्ने विषयमा प्रहरीसमेत जानकार छैन। 

प्रकाशित मिति: : 2024-11-08 13:18:00

प्रतिकृया दिनुहोस्