नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार गरिएको जागरण सभा काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) जस्तालाई सचेत गराउनका लागि पनि भएको बताएका छन्।
शुक्रबार एमालेले दरमार्गमा जागरण सभा गरेको थियो। जागरण सभामा फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ।
एमाले महासचिव पोखरेलले सभा सकिएर फोहोर उठाउँदै गर्दा बालेनले स्टण्ट गर्दै जरिवाना तोकेको बताएका छन्।
महानगरका मेयर बालेन नेकपा (एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिने पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले जागरण सभा यस प्रकारका स्टण्टबाजी गर्नेहरुलाई सचेत बनाउनका पनि भएको बताएका छन्।