कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा भीडमा च्यापिएर सात जना घाइते भएका छन्।
भीडमा च्यापिएर पाँच जना दर्शक र दुई जना प्रहरी घाइते भएकाे काठमाडाैँ प्रहरी परिसरले जनाएकाे छ। जसमध्ये एक जना घाइते प्रहरीकाे अवस्था गम्भिर रहेकाे छ।
घाइतेमध्ये केहीकाे कीर्तिपुरमा र केहीकाे त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेकाे छ।
त्यस्तै घाइतेमध्ये संघीय संसद नयाँ बानेश्वर सुरक्षा बेसमा कार्यरत प्रहरी जवान २६ वर्षीय अजय तामाङकाे अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएकाे छ।
भीडमा धकेलाधकेल हुँदा घाइते भएका तामाङकाे कीर्तिपुर अस्पतालमा उपाचरपछि त्रिवि शिक्षण अस्पतामा लगिएकाे थियाे। त्यहाँबाट पनि थप उपचार लागि उनलाई बाँसबारीस्थित न्यूराे अस्पताल लगिएकाे छ। उनकाे टाउकाेमा चाेट लागेकाे छ।
आज (शनिबार)बाट सुरु भएकाे नेपाल प्रिमियर लिग (एनपिएल)का लागि नेपाल क्रिकेट संघ (क्यान)ले १२ हजार टिकट बिक्री गरेकाे थियाे। यद्यपि, ठुलाे संख्यामा दर्शक मैदानमा पुगेपछि क्यान व्यवस्थापनमा चुक्याे। टिकट काटेका मानिसहरुसमेत मैदानमा छिर्न नपाएपछि दर्शक र प्रहरीबीच धकेलाधकेलकाे अवस्था सिर्जना भएकाे थियाे। त्यसक्रममा दुर्घटना भएकाे हाे।
त्रिवि मैदानमा ३८४ जना प्रहरी खटाइएकाे थियाे।