प्रधानमन्त्रीले दिए राष्ट्रपतिलाई चीन भ्रमणबारे जानकारी

राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न औपचारिक चीन भ्रमणबारे आज (शनिबार) जानकारी गराएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएका छन्।

भेटवार्तामा  परराष्ट्रमन्त्री डा. आरज़ु राणा देउवा पनि सहभागि थिइन्।

यही मंसिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्रीको औपचारिक चीन भ्रमण हुँदैछ।

प्रकाशित मिति: : 2024-11-30 19:18:00

प्रतिकृया दिनुहोस्