राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिएका छन्। शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर ओलीले पाैडेलकाे अवस्थाबारे जानकारी लिएका हुन्। 

ओलीले पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवस्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे। 

प्रोस्टेटसम्बन्धी समस्याका कारण पाैडेल बुधबार (मंसिर १९ गते)देखि अस्पतालमा उपचाररत छन्। उनकाे आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो।

अहिले उनको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: : 2024-12-06 17:57:00

प्रतिकृया दिनुहोस्