भ्यू–टावरको उद्घाटन गर्न प्रधानमन्त्री ओली गृह जिल्ला जाँदै

फाइल फाेटाे
फाइल फाेटाे

प्रधानमन्त्री केपी शर्मा ओली दमकमा बनेको १८ तले भवन (भ्यू–टावर) को उद्घाटन गर्न गृह जिल्ला झापा जाँदैछन्। 

झापाको दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन्। 

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए।

प्रकाशित मिति: : 2024-12-08 07:52:00

प्रतिकृया दिनुहोस्