त्रिशुलीमा खस्यो ग्यास बोकेको बुलेट

फाइल फाेटाे
फाइल फाेटाे

पूर्वपश्चिम राजमार्गअन्तर्गत धादिङमा ग्यास बोकेको बुलेट त्रिशुलीमा नदीमा खसेको छ। धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकास्थित ७स्थित कृष्ण भीरबाट ग्यास बोकेको बुलेट त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी गराएको छ।

आइतबार बिहान बुलेट त्रिशुलीमा खसेको र घटनास्थलमा प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिए। 

त्रिशुली नदीमा खसेको बुलेटको नम्बर खुलेको छैन। भारतीय नम्बर प्लेटजस्तो देखिएको छ। 

बुलेटको सडकबाट १०० मिटर तल भिरमा अड्किएको छ। बुलेट चालकको अवस्थाबारे खुलेको छैन। 

प्रकाशित मिति: : 2024-12-08 09:28:00

प्रतिकृया दिनुहोस्