त्रिशुलीमा खसेको ग्याँस बुलेटका चालक र सहचालक खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

Break n Links
Break n Links

धादिङको कृष्णभीरमा दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन गरिएकाे छ।

चितवनबाट काठमाडाैँतर्फ आउँदै गरेको एनएल-०२एल-३९०७ नम्बरको ग्याँस बुलेट आइतबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ कृष्णभीरस्थित पृथ्वीलोकमार्गमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको थियाे। 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र  विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङ्गको कमाण्डमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बुलेटको अगाडिको भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको छ।

प्रकाशित मिति: : 2024-12-08 14:26:00

प्रतिकृया दिनुहोस्