काठमाडौँमा खुला रूपमा फोहोर जलाए कार्वाही

काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर जलाएमा कार्वाही गर्ने चेतावनी दिएको छ। 

खुला रूपमा फोहोरमैला जलाएमा वायु प्रदूषण हुने भन्दै महानगरले यस किसिमको गतिविधि नगर्न चेतावनी दिएको हो। 

 यदि कसैले खुला रूपमा फोहोर जलाएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने महानगरले सूचना जारी गर्दै जानकारी गराएको छ।

सूचनामा लेखिएको छ, ‘काठमाडौँ महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको जानकारी गराइन्छ।’

प्रकाशित मिति: : 2024-12-09 10:25:00

प्रतिकृया दिनुहोस्