नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज देखि सुरु हुँदै छ। केन्द्रीय कार्यालयमा आज र भोली स्थायी कमिटी बैठक बस्ने एसले जनाएको छ।
पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको बताइएको छ।