भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ परेका छन्।
श्रेष्ठलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ। उनी १३ वर्षपछि पक्राउ परेका हुन्।
कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरेर ३९ करोड ८९ लाख ३१ हनार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा उनी दोषी ठहर भएका थिए।
विशेष अदालतले २०६८ भदौ ६ गते श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्यसमेतलाई दोषी ठहर गरी सजाय सुनाएको थियो। उक्त फैसला २०७३ असोज २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलाशले सदर गरेकाे थियो। त्यसपछि उनी फरार थिए।