काठमाडौँबाट स्राेत नखुलेकाे ६८ लाख रुपैयाँसहित ४ जना पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भुमार्गबाट मंगलबार राती पाैने दश बजे ४ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा काठमाडौँ ३२ दाेभानपुलका ४६ वर्षीय राजकुमार माली, वडा नम्बर १० नयाँ बानेश्वरका १८ वर्षीय आवाद सिंह, झापाकाे विर्तामाेड नगरपालिका ५का २७ वर्षीय युवराज सुवेदी र झापाकै अर्जुनधारा नगरपालिका ७ का ३२ वर्षीय प्रकाश कुमार पाैडेल रहेका छन्।
उनीहरूकाे साथबाट प्रहरीले नगद ६८ लाख रुपैयाँसहित रकम उल्लेख नगरिएकाे ५ थान बैंक चेक, ५ जान माेबाइल र प्रदेश ३-०१-०२२ च १९७२ नम्बरकाे कार बरामद गरेकाे छ।
हुण्डी कारोबारमा भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त गाैशालाकाे टोलीले चेकजाँच गर्दा उक्त रकम फेला परेकाे हाे।
पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी परिसर काठमाडौँका सुचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।