नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन्।
आगामी राजनीतिक यात्राबारे जानकारी दिन उनले बुधबार दिउँसाे १ बजे कार्की ब्यांक्वेट बबरमहलमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।
पत्रकार सम्मेलनमार्फत भावी कार्ययोजनाबारे जानकारी र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘स्वेच्छाचारी, निरंकुश र तानाशाही दमन’विरुद्ध भण्डाफोर गर्न लागिएकाे रावलका स्वकीय सचिव गाेविन्द दुवालले जानकारी दिए।
उनका अनुसार समसामयिक विषयमा आफ्नाे धारणा राख्ने, भावी कार्ययोजना प्रस्तुत गर्ने, नेकपा अध्यक्ष दमनविरुद्ध भण्डाफोर गर्न जिल्ला जिल्ला जाने कार्यक्रम तय गर्नुअघि पत्रकार सम्मेलन लागेका हुन्।
उनले नयाँ खाेल्ने/नखाेल्ने, आफ्ना समर्थनमा रहेका नेताहरूबारे पनि जानकारी दिनेछन्।
उनले एमालेका नेताकार्यकर्ता, स्वतन्त्र सांसद, सुभेच्छुकहरूसँग निरन्तर भेटघाट र छलफल गरिरहेका छन्।