सिंहदरबारमा सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक

सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका छन्। सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे सचेतकहरू छलफलमा जुटेका हुन्।

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागी थिए।

बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौलासहित जसपा नेपाल, जसपा,  लोसपा, जनमत पार्टीका प्रमुख सचेतक सहभागी छन्।

प्रकाशित मिति: : 2025-02-16 12:55:00

प्रतिकृया दिनुहोस्