शेरबहादुर देउवाकाे भारत भ्रमण रद्द

Break n Links
Break n Links

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे भारत भ्रमण रद्द भएको छ।

आज भारत जाने तयारीमा रहेका देउवाको भ्रमण अन्तिम समयमा स्थगित भएको हो। इण्डिया फाउण्डेसनले आयोजना गरेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको देउवा सहभागी हुने तय भएको थियो।

उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता पनि गर्ने बताइएको थियो। तर, त्यहाँ कुनै पनि उच्चस्तरीय भेटघाट हुने सम्भावना नदेखेपछि अन्तिममा भ्रमण रद्द गरिएको बुढानिलकण्ठ स्रोतले बतायो।

देउवाले कुम्भ मेलामा स्नान पनि गर्ने कार्यतालिका थियो।

प्रकाशित मिति: : 2025-02-20 14:23:00

प्रतिकृया दिनुहोस्