गृहमन्त्री रमेश लेखकले देश विकासका लागि कांग्रेस र एमाले मिलेकाे बताएका छन्।
शुक्रबार नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्र नभइ देश विकासका लागि दुई पार्टी मिलेकाे बताएका हुन्।
अहिलेकाे सरकारले देशमा दिगो शान्ति र सुशासन ल्याउनका लागि बनेकाे गृहमन्त्रीकाे भनाइ थियाे।
त्यसैगरी उनले सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको समेत जिकिर गरेका थिए।