काँग्रेस-एमाले सहयात्रा चुनावसम्मै रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस-एमाले मिलेर बनेको यो सरकार आगामी निर्वाचनसम्म टिक्ने दाबी गरेका छन्। लगभग दुई तिहाइसहितको यो सरकार र सत्ता सहयात्रा निर्वाचनसम्मै नटुट्ने पनि उनले बताए। 

कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले अहिले जेजस्ता हल्ला चले पनि वा चलाइ पनि काँग्रेस-एमालेबीच सहयात्रा र सम्झौता बलियो भएको पनि बताए। 

‘तपाईंहरू ढुक्क हुनुहोला। यो भिजनसहितको स्थिर सरकार हो। यही बाटोमा सरकार अघि बढ्छ’ ओलीले भने ‘आगामी निर्वाचनसम्मै यो सहयात्रा कायम रहन्छ।’ 

काँग्रेस र एमालेबीचको ७ बुँदे समझदारीअनुसार संविधानमा आवश्यक संशोधन हुने बताउँदै ओलीले यसलाई लहड वा रहरको विषय नभइ राष्ट्रिय आवश्यकताको विषय भएको पनि प्रस्ट पारे।

‘हामीले ल्याएको गणतन्त्रको व्यवस्थामा राष्ट्रिय स्वाभिमानको प्रबन्ध गरिएको छ । जन्मँदै कोही श्रेष्ठ र कोही रैती हुने प्रणाली सदाका लागि अन्त्य गरेका छौँ। यस प्रणालीमा नागरिक सर्वाेच्चता सबैभन्दा माथि हुन्छ’ उनले भने ‘व्यवस्था र अवस्थामा परिवर्तनसँगै अब हामी विकासका सन्दर्भमा आधुनिक ढङ्गले अगाडि बढ्नुपर्छ। अहिलेको सरकारको ध्यान जनतालाई सूचना र प्रविधको सहायतामा सहज र सरलरूपमा सुविधान उत्पन्न होस् भन्नेमा छ। हामीले जनतालाई केन्द्रमा राखेर उत्पादन र उत्पादकत्व बढाउने हिसाबले जानुपर्छ। सातै प्रदेशसँगको संवाद र छलफलका आधारमा आगामी बजेटमा उचित सम्बोधन गरिनेछ।’
 

प्रकाशित मिति: : 2025-03-07 17:28:00

प्रतिकृया दिनुहोस्