शनिबार दिउँसो काठमाडौं उपत्यकासहित पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ।
शनिबार दिउँसो दुई बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। चीनको दिङ्गी केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन।