पुनरावदेनका लागि पाटन उच्च अदालत पुगे रवि लामिछाने

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाटन उच्च अदालत पुगेका छन्। 

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा पुनरावेदनका लागि उनी शुक्रबार अदालत गएका हुन्। 

सहकारीको बचत रकम अपचलन सम्बन्धी मुद्दामा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। 

कालीमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे भएको सुनुवाइमा आफ्नो सहमति नभएकाे रविकाे बयान छ। 

प्रकाशित मिति: : 2025-03-21 13:09:00

प्रतिकृया दिनुहोस्