नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि शीतल निवास पुगेका छन्।
सोमबार अपराह्न प्रचण्ड शीतल निवास पुगेका प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ।
आजै सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच छलफल हुँदैछ। त्यसअघि प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।
तीन नेताहरूको भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल हुँदैछ।