नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्राधिकरण परिसर क्षेत्र वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ।
सोमबारको मन्त्रिपरिषद बैठकले कुलमानलाई हटाउने निर्णय गरेपछि सरकारको निर्णयको सर्वत्र विरोध भइरहेको छ।
कुलमानको समर्थनमा विभिन्न समूहले आन्दोलनको तयारी गरेपछि प्राधिकरण परिसर रत्नपार्क वरपरको सुरक्षा व्यवस्था कडा पारिएको हो।
प्राधिकरण क्षेत्र वरपर बिहानैदेखि ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।