कश्मिरमा भारतलाई चुनाैती दिइरहेकाे ‘द रेसिस्टेन्स फ्रन्ट’ के हो? (भिडिओसहित)

भारतको ‘स्विट्जरल्यान्ड’ भनेर चिनिने पहलगामको एउटा घाँसे मैदान मंगलबार रगताम्य भयो। पर्यटकीय यो ठाउँ भारत प्रसाशित जम्मु-कश्मिरको दक्षिणी भेगमा पर्छ। 

पहलगामको मूल विन्दुबाट लगभग पाँच किलोमिटर अझ दक्षिणमा एउटा विशाल घाँसे मैदानले पर्यटक लाई लोभ्याउँछ। 

धेरैजसो हिउँले ढाकिने यो क्षेत्र हरेक सिजनका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य हो। गत वर्ष मात्रै यहाँ लगभग ३५ लाख पर्यटक पुगेका थिए। 

मानिसहरू रमाउने यो ठाउँको सुन्दरतालाई एउटा आतंकवादी संगठनले मंगलबार रगतले लतपत्याइदियो। आतंकवादी आक्रमणपछि सामाजिक सञ्जालमा भाइरल भएका कतिपय दृश्यहरू निकै कहाली लाग्दा र दर्दनाक छन्। 

स्थानीय प्रत्यदर्शी तथा त्यहाँ आफन्त गुमाएका र घाइतेहरूले घटनाबारे बताएअनुसार बन्दूकधारी आतंककारीहरूले त्यहाँ घुम्न गएका मानिसलाई सोधीसोधी मारेका थिए। 

‘तिमी हिन्दु हो?’ वा ‘मुसलमान हो’ भन्दै उनीहरूले हिन्दूहरूलाईचाहिँ गोली हानेर मारेको प्रत्यक्षदर्शी बताउँछन्। 
तर यो एउटा साम्प्रदायिक कुरा हो। यो घटनामा एक जना नेपाली पनि मारिएका छन्। 

यो घटनाको जिम्मेवारी ‘द रेसिस्टेन्स फ्रन्ट’ अर्थात् टिआरएफ भनिने एउटा आतंकवादी संगठनले लिएको छ। ‘प्रतिरोधी मोर्चा’का रुपमा यो संगठनलाई लश्कर-ए-तायवाले आफ्नो छाँया संगठनको रुपमा प्रयोग गर्दै आएको छ। 

यसको नेतृत्व हाफिज साइदले गर्दै आएका छन्। उनी लश्कर-ए-तायवाकै एकजना संस्थापक नेता हुन्।

सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरमा लागु भएको धारा ३७० लाई हटाएपछि यो संगठनको जन्म भएको थियो। यो भनेको एकप्रकारले ‘स्वायत्त’ रहेको जम्मु कश्मिर अब भारतको मूल कानुनअन्तर्गतकै एक प्रान्त भएको छ। 

भारत सरकारको गृहमन्त्रालयको आतंकवादी संगठनहरूको सूचीमा रहेको टिआएरएफको पहिलो ठूलो आक्रमण हो। 

गृहमन्त्रालयका अनुसार यो संगठनले अनलाइन मार्फत् कलिला बालक तथा युवाहरूलाई फकाइफुल्याइ लडाकु बनाउँदै आएको छ। सुरु सुरुमा लश्कर-ए-तैयबा, जैश-ए-मोहम्मद, र हिजबुल मुजाहिद्दीन जस्ता अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सहायतामा हुर्किएको टिआरएफले अब आफ्नै पहिचान बनाइसकेको छ। 

भारतीय गृहमन्त्रालयले पाकिस्तानमा आधार बनाएर यो समूहले जम्मुकश्मिर क्षेत्रमा आतंक मच्चाइरहेको जनाएको छ। तर यसबारे पाकिस्तान सरकारले आफ्नो धारण व्यक्त गरेको छैन। हतियार तथा लागूऔषध तस्करी, घुसपैठजस्ता आतंकवादी क्रियाकलापमा उसले पाकिस्तानसँग साझेदारी गर्दै आएको छ।  

यो संगठनले अत्याधुनिक हातहतियारको प्रयोग गर्दै आएको छ। मंगलबारको आक्रमणमा पनि उसले एके फोर्टी सेभेनजस्ता हतियारहरू प्रयोग गरेको थियो। 

प्रकाशित मिति: : 2025-04-25 10:56:00

प्रतिकृया दिनुहोस्