प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले ‘कम्बोडियामा लगानी छ’ भनेर आफ्नोविरुद्ध भ्रम फैलाएको आरोप लगाएका छन्।
आइतबार एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन्।
आफूविरुद्ध गलत प्रचार गरिरहेकाले कोहीपनि प्रचण्डको अनावश्यक हल्लाको पछि नलाग्न ओलीको आग्रह थियो।
भिडियो-
000
माओवादी उपाध्यक्ष तथा तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी मुद्दा हालेकी रोशनी शाही मृत फेला परेकी छन्।
भक्तपुरको सूर्यविनायक-२ वृहस्पतिमार्गमा डेरा गरी बस्दै आएकी शाही डेराभित्रै मृत फेला परेकी हुन्।
श्रीमान डेरामा नभएका बेला उनले अत्यधिक औषधि सेवन गर्दा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। उनको शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ।
000
तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायीलाई हत्या सम्बन्धी कसुरमा पनि अभियोजन गरिएको छ।
प्रसाईंसहित ६५ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोजन गरिएको हो।
दुर्गा प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएकाे छ।
000
नेकपा एमालेले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपबारे सम्बन्धित निकायले अनुसन्धान गर्ने बताएको छ।
आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव शंकर पोखरेलले यसबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको बताएका हुन्।
कुनै पनि विषयमा अनुसन्धान र अभियोजन गर्ने निकायहरू रहेकाले ती निकायहरूलाई अनुसन्धान गर्न दिनुपर्ने उनकाे तर्क थियाे।
000
तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रर्दशनका आरोपितद्वय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध चार–चार कसुरमा मुद्दा दायर भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूसहितका व्यक्तिहरूविरुद्ध आइतबार मुद्दा दायर गरेको हो।
मिश्र र राणाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ।
000
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पन्छिन नमिल्ने बताएका छन्।
आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी उनले यस्ताे बताएका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता पुष्टि भए राजनीति छाेड्नका साथै जेल जानुपर्ने उनकाे जिकिर थियाे।
000
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूसँग भएका नौ बुँदे सहमति कार्यान्वयन गर्ने बताएका छन्।
शिक्षा समितिको आइतबारको बैठकमा मन्त्री पन्तले आगामी बजेटमामा सम्बोधनका लागि आफू वार्तामा रहेको बताएका हुन्।
आर्थिक रूपमा सरकार दबाबमा परेपनि शिक्षकसँग भएका सहमति विधेयकमा सामेल गर्ने भन्नेमा सरकार लचिलो रहेकाे उनकाे भनाइ थियाे।
000
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरका प्रवक्ता नविन मानन्धरसँग स्पष्टीकरण सोधेका छन्।
बालेनले प्रवक्ता मानन्धरलाई तीन दिनभित्र माफी माग्दै स्पष्टीकरण पेस गर्न निर्देशन दिएका हुन्।
प्रवक्ता मानन्धरले सञ्चार माध्यममा बोलेको विषयले आफ्नो मानहानी भएको भन्दै मेयर बालेनले स्पष्टीकरण सोधेको बताइएको छ।