प्रेस काउन्सिलमा एमाले र कांग्रेसको भागबण्डा

सत्तारुढ दलका प्रमुख एमाले र कांग्रेसले प्रेस काउन्सिलको रिक्त ६ सदस्य पदमा भागबण्डा गरेका छन्।

एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनले बराबर तीन-तीन सदस्य भागबण्डा गरेका हुन्।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले भागबण्डमा सिफारिस ६ जनालाई सदस्यमा नियुक्त गरेका हुन्।

एमाले निकट पत्रकार संगठनबाट निमा काफले, भीमलाल श्रेष्ठ र शान्तराम विडारी नियुक्त भएका छन्। भने कांग्रेस निकट पत्रकार संगठनबाट नकुल अर्याल, बालकृष्ण अधिकारी र पदमराज जोशी सदस्यमा नियुक्त भएका छन्।

उनीहरूले नियुक्तिको पत्र पनि बुझिसकेका छन्।

प्रकाशित मिति: : 2025-06-02 19:58:00

प्रतिकृया दिनुहोस्