राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
विरगंजको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा प्रकरणमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो।
प्रहरीले गत बैशाख १४ गते नै अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालयले एक महिना लगाएर अध्ययन गरेपछि मुद्दा दायर गरेको हो।
सहकारी ठगीमा लामिछानेसँग ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गरिएको छ। सहकारीको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गर्दै २९ जनाविरुद्ध मुद्दा दायर गरेको हो।