अमेरिकी आक्रमणबाट इरानका परमाणु केन्द्रहरू पूर्णरुपमा ‘नष्ट’ नभएको भन्ने खबरहरू बाहिरिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोश व्यक्त गरेका छन्। अमेरिकी रक्षा मन्त्रालयको सैन्य मुख्यालय पेन्टागनले आक्रमणपछि प्रारम्भिक क्षति मूल्याङ्कन र अध्ययन गरेको थियो। उसको गुच्तचरी कार्यविभागको उक्त प्रारम्भिक अनुन्धान अनुसार ट्रम्पले दाबी गरेअनुसार इरानका आणविक परियोजनाहरूमा क्षति भएको छैन।
उक्त गोप्य प्रतिवेदन अमेरिकी सञ्चारमाध्यमहरू सिएनएन र न्यूयोर्कट टाइम्सले प्रकाशित गरेका थिए। ट्रम्पले त्यसलाई ‘फेक न्यूज’ भन्दै टिप्पणी गरेका छन्।
इराजयलले इरानसँग सुरु गरेको युद्धको अन्त्य गर्न भन्दै अमेरिकाले गत शनिबार इरानको फोर्दो पहाडमुनि रहेको युनेनिअम प्रशोधनलगायत अरु परमाणु केन्द्रहरूमा आक्रमण गरेको थियो। जमिनमुनि हान्नसक्ने बम अमेरिकासँगमात्रै रहेको बताइन्छ। उक्त आक्रमणलाई सफल र अभूदपूर्व भन्दै राष्ट्रपति ट्रम्पले अब इरानका परमाणु परियोजनाहरू ध्वस्त भएको बताएका थिए। त्यसपछि इरानले कतार र इराकमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण गरेपछि इजरायल र इरानबीच युद्ध बिराम सम्झौता भएको घोषणा गरेका थिए। यद्यपि युद्धबिराम सहमतिपछि पनि दुबैले आक्रमण गरिरहेको जनाएका छन्। र ट्रम्पले इजरायल र इरानलाई मुखै छोडेर अस्लिल गाली गरेका छन्।
योबीचमा पेन्टागनको उक्त रिपोर्टले अमेरिकी राजनीतिमा अर्को तरंग ल्याइदिएको छ।
पेन्टागनले अमेरिकाले आक्रमण गरे पनि त्यहाँका संरचना र उत्पादनहरू नष्ट नगर्न नसकिएको भनेको छ। उक्त गुप्त रिपोर्टका अनुसार फोर्दोको भूमिगत प्रशोधन केन्द्र इरानले पहिला नै खाली गरिसकेको थियो र नतान्ज अनि इस्फहानजस्ता प्रशोधन केन्द्रहरू बलियोगरी बन्द गरिएका थिए। जसका कारण कुनै सामग्री नष्ट भएको छैन। अमेरिकी बमहरू तिनका भित्तामा मात्रै बज्रिएका थिए।
यो प्रतिवेदन चुहावटलाई राष्ट्रपति ट्रम्पका विशेष दूत स्टीभ विटकफले ‘देशद्रोह’ भनेका छन्। ट्रम्पले भने समाचारमाध्यमहरूमा प्रकाशित उक्त रिपोर्टबारेका समाचारहरूलाई ‘फेक’ भनेका छन्। र सिएनएन अनि न्यूयोर्क टाइम्सले अमेरिकाको इतिहासमै सबैभन्दा सफल सैन्य अपरेशनलाई बदनाम गर्ने कोसि गरेको बताएका छन्।